लोसपा संसदीय दलको नेतामा महन्थ निकट जितेन्द्र सोनल ९ मतले विजयी

लोसपा  संसदीय दलको नेतामा महन्थ निकट जितेन्द्र सोनल ९ मतले विजयी

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन १२, २०७८

धनुषा ।नवगठित लोकतान्त्रिक समाजवादी पार्टी प्रदेश २ को संसदीय दलको नेतामा जितेन्द्र सोनल चयन गरेकाे पार्टीले जनाएकाे छ । 

सर्वसम्मति हुन नसकेपछि चुनावी प्रक्रियामा नौ मत प्रप्त गरी  सोनल विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी उपेन्द्र महतोले छ मत मात्र प्राप्त गरे । सोनल लोसपा पार्टी अध्यक्ष महन्थ ठाकुर निकट मानिन्छन् भने महतो वरिष्ठ नेता राजेन्द्र महतोका भतिज हुन् । राजेन्द्र महतो निकट अधिकांश सांसदले जनता समाजवादी पार्टीलाई रोजेपछि उनको पार्टी कमजोर देखिएको हाे। 

दलको नेता छनोट गर्न अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिल झासहितका शीर्ष नेताहरु जनकपुरमा नै रहेका  थिए । बैठकले संसदीय दलको विधान पारितसमेत गरेको समेत  लोकतान्त्रिक समाजवादी पार्टीले जनाएकाे  छ ।