आज मुलुक भरी नै  वर्षा हुने

आज मुलुक भरी नै  वर्षा हुने

लोकसंवाद संवाददाता  |  समाज  |  आश्विन १३, २०७८

काठमाडौं । २०७८ असाेज १३ गते   बुधबार आज मुलुकका धेरै स्थानमा हल्कादेखि मध्ययम वर्षाको सम्भावना छ । मनसुनको उत्तरार्धमा ठूलो वर्षाको सम्भावना नरहे पनि फाटफुट पानी पर्ने मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले बताएका छन् । 

बंगालको खाडीको उत्तर पश्चिम भूभाग, पश्चिम बंगाल र आसपास बनेको न्यून चापिय क्षेत्रको नेपालमा सामान्य प्रभाव छ । हाल मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा केही दक्षिणतिर छ। 

बुधबार बिहान काठमाडौं उपत्यकामा पारिलो घाम लाग्न सकेको छैन । बिहान मुलुकका केही स्थानमा वर्षा भएको छ । आज दिउँसो धेरै स्थान र राति थोरै स्थानमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।