सुन-चाँदीको मूल्यमा सामान्य गिरावट

सुन-चाँदीको मूल्यमा सामान्य गिरावट

लोकसंवाद संवाददाता  |  कारोबार  |  आश्विन १३, २०७८

साताको चौथो दिन बुधबार नेपाली बजारमा सुन-चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ८९ हजार रुपैयाँ कायम भएकामा आज १०० रुपैयाँले घटेर ८८ हजार ९०० रुपैयाँमा काराेबार भइरहेकाे छ ।

आज छापावाल सुन प्रति १० ग्रामको मूल्य ७६ हजार २२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी तेजाबी सुनमा प्रतितोला ८८ हजार ४५० रुपैयाँ कायम भएको छ । तेजाबी सुन प्रति १० ग्राम ७५ हजार ८३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

चाँदीको मूल्य भने स्थिर छ । आज चाँदीको मूल्य एक हजार १५५ रुपैयाँ कायम भएको छ । हिजो मंगलबार पनि सोही मूल्य कायम थियो ।