शेयर बजारमा हरियाली, ५०.५८ अंकले उकालो

शेयर बजारमा हरियाली, ५०.५८ अंकले उकालो

लोकसंवाद संवाददाता  |  कारोबार  |  आश्विन १३, २०७८

साताको चौथो कारोबार दिन बुधबार शेयर बजार उकालो लागेको छ । आज नेप्से परिसूचक ५०.५८ अंकले बढेर २ हजार ६६५.९३ बिन्दुमा पुगेर कारोबार बन्द भयाे  । 

आज २२९ वटा कम्पनीकोे ९८ लाख ८४ हजार ४७८ कित्ता शेयर कारोबार हुँदा कुल ५ अर्ब २८ करोड ५५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

आज सबै समूहमा हरियाली छाएको छ । फाइनान्स र हाइड्रोपावर सबैभन्दा धेरै अंकले उकालो लागेका छन् । आज यी दुवै समूहको उपसूचकमा ४ अंकभन्दा बढीको सुधार भएको छ ।

त्यस्तै, म्युचुअल फन्ड समूहको सूचकमा ०.५९ अंकको सुधार आएको छ भने बाँकी सबै समूहको सूचकमा एकदेखि ३ प्रतिशतसम्मको सुधार भएको छ । 

आज सबैभन्दा धेरै कारोबार गर्नेमा अस्ट्रेलियन फर्मासिटिकल्स रहेको छ । यस कम्पनीले २२ करोड ६७ लाख रुपैयाँ बराबरको कारोबार गरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

त्यसैगरी आज सबैभन्दा धेरै फाइदा कमाउनेमा ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ता छन् । यो बैंक ३५.४० अंकले फाइदामा गएको छ । त्यस्तै, आज सबैभन्दा धेरै नोक्सान बेहोर्नेमा मेगा बैंकका लगानीकर्ता छन्  । यो बैंक १४ अंकले घाटामा गएको छ ।