ईपीएल: विराटनगरले भैरहवालाई दियो सामान्य लक्ष्य

ईपीएल: विराटनगरले भैरहवालाई दियो सामान्य लक्ष्य

लोकसंवाद संवाददाता  |  खेलकुद  |  आश्विन १३, २०७८

एभरेस्ट प्रिमियर लिग (ईपीएल)अन्तर्गत आजको दोस्रो खेलमा भैरहवा ग्लाडिएटर्स सामु विराटनगर वारियर्सले ९० रनको लक्ष्य प्रस्तुत गरेको छ । 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गर्न आएको विराटनगरले १७ ओभर ४ बलमा सबै विकेट गुमाउँदै ८९ रन मात्र जोड्यो ।

विराटनगरका दिलसान मुनविराले सर्वाधिक २५, समित महर्जनले १३, अनिल शाह र ओपनर आसिफ शेखले समान ११ रन जोडे । भैरहवाका धमिका प्रसाद र आरिफ शेखले समान ३ विकेट लिए ।