संसद् बैठक भोलि बस्ने, २ बुँदे कार्यसूची

संसद् बैठक भोलि बस्ने, २ बुँदे कार्यसूची

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन १३, २०७८

प्रतिनिधिसभाको बिहीबार बैठक बस्दै छ । बैठकको सम्भावित कार्यसूची बुधबार सार्वजनिक भएको छ ।

कार्यसूचीमा २ वटँ बुँदा छन् । पहिलो बुँदामा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त अध्यादेश खारेजसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने उल्लेख छ । 

दोस्रो बुँदामा प्रधानमन्त्री शेरबहादुर देउवाले महालेखा परीक्षकको ५८औँ वार्षिक प्रतिवेदन २०५८ पेस गर्ने उल्लेख छ ।