गरिमा विकास बैंक : ग्राहकहरुले कपाल प्रत्यारोपणमा ४० प्रतिशतसम्म छुट दिने सम्झौतामा हस्ताक्षर

गरिमा विकास बैंक : ग्राहकहरुले कपाल प्रत्यारोपणमा ४० प्रतिशतसम्म छुट दिने सम्झौतामा हस्ताक्षर

लोकसंवाद संवाददाता  |  कारोबार  |  आश्विन १४, २०७८

काठमाडौँ ।  गरिमा विकास बैंकले काठमाडौँको विशालनगरमा रहेको ‘एरोगिन हेल्थ केयर एण्ड रिर्सच सेन्टर’सँग उनीहरुले प्रदान गर्ने विभिन्न सेवासुविधामा आर्कषक छुटको लागि सम्झौता गरेको जनाएकाे  छ । बैंकले जारी गरेको विज्ञप्ति अनुसार गरिमा विकास बैंकका डेविट कार्ड र गरिमा स्मार्ट प्रयोगकर्ताहरुले ‘एरोगिन हेल्थ केयर एण्ड रिर्सच सेन्टर’को सेवा सुविधामा निम्नानुसार छुट सुबिधा  दिने कुरा उल्लेख छ ।

१. हेयर ट्रान्सप्लान्ट : २५ देखि ४०प्रतिशत सम्मको छुट
२. स्किन एण्ड लेजर ट्रिटमेन्ट : ३०प्रतिशत
३. हेयर फल ट्रिटमेन्ट : २५ प्रतिशत
४. डेन्टल ट्रिटमेन्ट : २० प्रतिशत
५. ल्याब ईन्भेस्टिगेसन : १५ प्रतिशत