बालुवाटारमा सर्वदलीय बैठक सुरु, एमाले गएन

बालुवाटारमा सर्वदलीय बैठक सुरु, एमाले गएन

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन १४, २०७८

संसदको गतिरोध अन्त्य गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक बालुवाटारमा सुरु भएको छ । 

बैठकमा प्रधानमन्त्री देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेता नारायणकाजी श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी)का महासचिव वेदुराम भुसाल र नेता राजेन्द्र पाण्डे, लोकतान्त्रिक समाजवादीका नेता राजेन्द्र महतोलगायत नेताहरू सहभागी छन् ।  
प्रमुख प्रतिपक्षी एमालेले भने बैठक बहिष्कार गरेको छ । एमालेले आफूले हटाएका १४ जना सांसदलाई कारवाहीको सूचना टाँस गरी सभामुखले मार्गप्रशस्त नगरेसम्म संसद गतिरोधलाई लिएर डाकिएका कुनै पनि बैठकमा सहभागी नहुने एमालेले जनाएको छ ।