सिभिल लघुबित्तको बोनस शेयर घोषणा

सिभिल लघुबित्तको बोनस शेयर घोषणा

लोकसंवाद संवाददाता  |  कारोबार  |  आश्विन १४, २०७८

गत आर्थिक वर्षको नाफाबाट सिभिल लघुवित्त वित्तीय संस्थाले लाभांश दिने घोषणा गरेको छ । कम्पनीको बुधबार बसेको संचालक समिति बैठकले शेयरधनीलाई १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि एक प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । 

उक्त नगद लाभांश तथा बोनस शेयर नेपाल राष्ट्र बैंकको स्वीकृति र वार्षिक साधारणसभाले अनुमोदन गरेपछि मात्र शेयरधनीलाई वितरण हुनेछ । लघुवित्तको हाल चुक्ता पुँजी २४ करोड २१ लाख २१ हजार रुपैयाँ छ ।