प्रतिनिधिसभा बैठक १९ असोजमा

प्रतिनिधिसभा बैठक १९ असोजमा

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन १४, २०७८

प्रतिनिधिसभाको बैठक १९ असोजमा बस्ने भएको छ । बिहीबार बसेको बैठकमा आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक प्रमाणीकरण सम्बन्धमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको बेहोरा बढेर सभामुख अग्निप्रसाद सापकोटाले सुनाएका थिए । 

साथै, महालेखा परीक्षकको ५८औँ वार्षिक प्रतिवेदन, २०७८ पेस गरिएको छ । 

सभामुख सापकोटाले एमालेका सांसदहरूको नाराबाजीबीच बैठकलाई कार्यसूचीमा प्रवेश गराएका थिए । बैठकमा सभामुख सापकोटाले प्रतिनिधिसभा अर्काे बैठक १९ असोजमा बस्ने जानकारी गराएका हुन् ।