संसद् निर्बाध संचालन गर्न एमालेलाई सभामुखको आग्रह

संसद् निर्बाध संचालन गर्न एमालेलाई सभामुखको आग्रह

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन १४, २०७८

सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठकलाई निर्वाध रूपमा संचालन हुने वातावरण बनाउन एमाले सांसदसँग सहयोग मागेका छन् । 

तर, सभामुख सापकोटाको आग्रहलाई बेवास्ता गर्दै एमाले सांसदहरूले बिहीबारको बैठकमा पनि नाराबाजी गरिरहेका छन् । 

एमाले विभाजनमा सभामुखको भूमिका रहेको भन्दै जारी नवौँ अधिवेशनका बैठकमा एमाले सांसदको नाराबाजी चल्दै आएको छ । 

संसद्को गतिरोध अन्त्य गर्न सभामुख र प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक एमालेले बहिष्कार गरेको छ । उसले आफ्नो माग पूरा नभएसम्म संसद् चल्न नदिने रणनीति बनाएको छ ।