कविता राई गाउँलेको ‘सोच्दा–सोच्दै’ बोलको पहिलो रेकर्डेड गीत सार्वजनिक

कविता राई गाउँलेको ‘सोच्दा–सोच्दै’ बोलको पहिलो रेकर्डेड गीत सार्वजनिक

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  आश्विन १४, २०७८

काठमाडौँ । सुपरिचित कवि कविता राई गाउँले साङ्गीतिक क्षेत्रमा गीतकार परिचयका साथ आएकी छन् । ‘सोच्दा–सोच्दै नसोचेको भइदिने, खोज्दा–खोज्दै नखोजेको भेटिदिइने’ बोलको गीतमार्फत् कवि गाउँले गीतकारका रूपमा आएकी हुन् ।

युवा सङ्गीतकार विक्रम राईद्वारा सङ्गीतबद्ध गाउँलेको गीतिरचनामा प्रसिद्ध गायक राजेशपायल राईको स्वर सजिएको छ । फणिन्द्र राईको सङ्गीत संयोजन र सुमन मगरको सम्पादन रहेको उक्त प्रेमप्रधान गीत पृथक रेकर्डिङमा रेकर्ड गरिएको हो । प्रेमलाई नयाँ कोणबाट परिभाषित गरिएको उक्त गीत म्युजिक जक्सन नेपाल युट्युब च्यानलमार्फत् सार्वजनिक भएको छ ।

‘सोच्दा–सोच्दै’ बोलको पहिलो गीत यहाँ क्लिक गरेर सुन्न र हेर्न सकिन्छ ।