नेप्से ३२.५१ अंकले ओरालो, कारोबार रकम ३ अर्ब ७० करोड

नेप्से ३२.५१ अंकले ओरालो, कारोबार रकम ३ अर्ब ७० करोड

लोकसंवाद संवाददाता  |  कारोबार  |  आश्विन १४, २०७८

साताको अन्तिम कारोबार दिन बिहीबार शेयर कारोबार मापक नेप्से परिसूचक ३२.५१ अंकले घटेर २ हजार ६३३.४२ विन्दुमा पुगेको छ । निरन्तर घटिरहेको बजार बुधबार भने ५०.५८ अंकले बढेर २ हजार ६६५.९३ विन्दुमा पुगेको थियो । आज नेप्से १.२२ प्रतिशतले घटेको हो । 

यस्तै, सेन्सेटिभ परिसूचक पनि ६.४१ अंकले घटेर ४९७.०५ विन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज कुल २२५ वटा कम्पनीको ७३ लाख २१ हजार १४ कित्ता शेयर खरिद-बिक्री हुँदा ३ अर्ब ७० करोड २९ हजार ५०७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज सर्वाधिक कारोबार गर्नेमा नेपाल बैंक लिमिटेडको भएको छ । बैंकको १२ करोड ७७ हजार रुपैयाँ बराबरको कारोबार भएको हो ।

नेप्सेका अनुसार आज कारोबार भएका १३ वटा उपसमूहमध्ये ३ वटा समूहको उपसूचांक बढेको छ । व्यापार, अन्य र म्युचुअल फन्ड उपसूचांकबाहेक बाँकी १० वटा समूहको शेयर उपसूचांक घटेको छ । व्यापार समूहको उपसूचांकमा ३.९२ अंकको सुधार भएको छ ।

आज नेप्सेमा नेपाल फाइनान्स कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर ५२८ रुपैयाँ पुगेको छ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशतले बढेर २ हजार ११९ रुपैयाँ ७० पैसा पुगेको छ ।

त्यस्तै, मैलुङ खोला जलविद्युत कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर २९५ रुपैयाँ ९० पैसा पुगेको छ । त्यसैगरी आज सबैभन्दा धेरै गुमाउनेमा गुडविल फाइनान्स कम्पनीका लगानीकर्ता छन् । यो कम्पनी माइनस ४५ अंकले ओरालो लागेको छ ।