आरएमडीसी लघुवित्त र मेरो माइक्रोफाइनान्सको संस्थापक शेयर लिलामी भर्ने आज अन्तिम दिन

आरएमडीसी लघुवित्त र मेरो माइक्रोफाइनान्सको संस्थापक शेयर लिलामी भर्ने आज अन्तिम दिन

लोकसंवाद संवाददाता  |  कारोबार  |  आश्विन १५, २०७८

एनआईसी एसिया बैंकले लिलामीमा ल्याएको आरएमडीसी लघुवित्त र मेरो माइक्रोफाइनान्सको संस्थापक शेयरमा आवेदन दिने शुक्रबार अन्तिम दिन रहेको छ । एनआईसीले ६ असोजदेखि आफ्नो स्वामित्वमा रहेको आरएमडीसीको ३ लाख ६५ र मेरो माइक्रोफाइनान्सको ८४ हजार ८२९ कित्ता शेयर लिलामीमा ल्याएको हो । 

यसमा लगानीकर्ताले शुक्रबार कार्यालय समयसम्ममा आवेदन दिन सक्नेछन् । लगानीकर्ताले आरएमडीसीको शेयरमा न्यूनतम ५३९ रुपैयाँ र मेरो माइक्रोफाइनान्सको शेयरमा ४९७ रुपैयाँ न्यूनतम रुपैयाँ मूल्य राखेर आवेदन दिन सक्नेछन् । यसमा लगानीकर्ताले १०० कित्ता वा अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

उक्त शेयर खरिदका लागि संस्थापक वा जो कोही व्यक्ति, कम्पनी, संघसंस्थाहरूले आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटल, बबरमहल काठमाडौंमा लिलामीको बोलपत्र पेस गर्न सकिनेछ ।