लाभांश वितरण प्रस्ताव पारित गर्न सानिमा क्यापिटलको एजीएम आज

लाभांश वितरण प्रस्ताव पारित गर्न सानिमा क्यापिटलको एजीएम आज

लोकसंवाद संवाददाता  |  कारोबार  |  आश्विन १५, २०७८

सानिमा क्यापिटलको वार्षिक साधारणसभा आज बस्दै छ । क्यापिटलले २५ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव गर्न छैटौँ साधारणसभा सानिमा बैंकको केन्द्रीय कार्यालय नक्सालमा दिउँसो १ बजे आयाेजना हुने जनाइएकाे छ । 

सभामा आर्थिक वर्ष २०७८/०७९ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पेस हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०७७/०७८ को संचालक समितिको प्रतिवेदन, नाफा नोक्सान, वासलातलगायतका एजेन्डामा पनि छलफल हुनेछ ।

यसमा कम्पनीले ६ करोड २५ लाख रुपैयाँ नगद लाभांशमा खर्च गर्नेछ ।