एक सातामा ६०० रुपैयाँले बढ्यो सुनको मूल्य

एक सातामा ६०० रुपैयाँले बढ्यो सुनको मूल्य

लोकसंवाद संवाददाता  |  कारोबार  |  आश्विन १५, २०७८

साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुन-चाँदीको मूल्य ह्वातै बढेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ८८ हजार ७०० रुपैयाँ कायम भएकामा शुक्रबार ९०० रुपैयाँले बढेर ८९ हजार ६०० रुपैयाँ कायम भएको हो ।

एक साताभरिको महासंघको तथ्यांक हेर्दा अन्तिम दिन शुक्रबार ६०० रुपैयाँले सुनको मूल्य उकालो लागेको छ । साताको पहिलो दिन छापावाल सुन ८९ हजार रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार छापावाल सुन प्रति १० ग्राम ७६ हजार ८२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

त्यसैगरी तेजाबी सुन प्रतितोला ८९ हजार १५० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी प्रति १० ग्राम ७६ हजार ४३५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ । 

शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोलामा २० रुपैयाँले बढेर प्रतितोला एक हजार १४० रुपैयाँ कायम भएको छ । बिहीबार एक हजार १२० रुपैयाँ कायम भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्रामको ९९७ रुपैयाँ ५० पैसा कायम भएको महसंघले जनाएको छ ।