दशैँका बेला सुनको मूल्यले उचाइ लिँदै

दशैँका बेला सुनको मूल्यले उचाइ लिँदै

लोकसंवाद संवाददाता  |  कारोबार  |  आश्विन १७, २०७८

दशैँ नजिँकिँदै गर्दा सुनको मूल्यले उचाइ लिन थालेको छ । साताको पहिलो दिन आइतबार सुनको मूल्य प्रति तोला २०० रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार छापावाल सुन प्रतितोला ८९ हजार ६०० रुपैयाँ कायम भएकामा आज २०० रुपैयाँले बढेर ८९ हजार ८०० रुपैयाँ कायम भएको हो ।

छापावाल सुन प्रति १० ग्राम ७६ हजार ९९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । आइतबार तेजाबी सुन प्रतितोला ८९ हजार ३५० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुनको मूल्य प्रति १० ग्राम ७६ हजार ६०५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ । 

आज चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले बढेको छ । महासंघले आज चाँदी प्रतितोला एक हजार १६० रुपैयाँ कायम गरेको छ । गत शुक्रबार एक हजार १४० रुपैयाँ कायम भएको थियो ।