ओलीको चिन्ता: एमालेलाई ५१ प्रतिशत जनता चाहिएको छ, माधव नेपालसँग गएकालाई फर्काउन प्रयास गर्नू

ओलीको चिन्ता: एमालेलाई ५१ प्रतिशत जनता चाहिएको छ, माधव नेपालसँग गएकालाई फर्काउन प्रयास गर्नू
फाइल फोटो

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन १७, २०७८

नेकपा एमाले अध्यक्ष केपी ओलीले माधवकुमार नेपालसँग गएका नेता तथा कार्यकर्तालाई फर्काउन पहल थाल्न आह्वान गरेका छन् । 

३ दिनदेखि जारी पार्टीको पहिलो विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जबाफ दिँदै उनले अलमलमा र झुक्याएर लगिएका नेता तथा कार्यकर्तालाई फर्काउन आह्वान गरेका हुन् ।

यसका लागि केन्द्रबाट पनि प्रयास हुने र तल्लो तहबाट पनि प्रयास थाल्न ओलीले आग्रह गरेका हुन् । ‘भ्रममा परेकालाई हामी पनि फर्काउने प्रयास गर्छौं, तलबाट तपाईंहरू पनि प्रयास गर्नुहोला’, अध्यक्ष ओलीले भने । 

उनले अहिले तत्कालका लागि एमालेलाई ५१ प्रतिशत जनता चाहिएको बताए ।