प्रधानन्यायाधीशबारेका समाचारमा सर्वोच्चको प्रतिक्रिया: अदालतप्रतिको जनआस्था एवं नेतृत्वप्रति प्रतिकूल प्रभाव पार्ने दूषित मनसाय

प्रधानन्यायाधीशबारेका समाचारमा सर्वोच्चको प्रतिक्रिया: अदालतप्रतिको जनआस्था एवं नेतृत्वप्रति प्रतिकूल प्रभाव पार्ने दूषित मनसाय

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन १८, २०७८

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई असान्दर्भिक रूपमा मन्त्रिपरिषद् विस्तारमा जोडिएको सर्वोच्च अदालतले बताएको छ ।

प्रधानन्यायाधीश जबराले मन्त्रिपरिषद्‌मा भाग खोजेको भन्ने समाचार केही मिडियामा सार्वजनिक भएपछि आज सर्वोच्च अदालतले एक विज्ञप्ति जारी गरी प्रधानन्यायाधीशलाई असान्दर्भिक रूपमा त्यस सन्दर्भमा जोडेर अतिरञ्जित गरिएको बताएको छ ।

सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले विज्ञप्तिमा संविधानतः प्रधानमन्त्रीको सिफारिसमा हुने मन्त्रिपरिषद्को गठन एवं विस्तारको विषयमा प्रधानन्यायाधीशलाई असान्दर्भिक रूपमा जोडेर अतिरञ्जित एवं भ्रामक समाचार प्रकाशन हुनु अत्यन्तै दुखद् र खेदजन्य विषय भएको उल्लेख गरेका छन् ।

सर्वोच्च अदालतका केही फैसलासमेतका सन्दर्भ जोडेर आएका समाचारप्रति असन्तुष्टि जनाउँदै विज्ञप्तिमा अदालतप्रतिको जनआस्था एवं नेतृत्वप्रति प्रतिकूल प्रभाव पार्ने दूषित मनसायले यस्ता समाचार आएका दाबी गरिएको छ ।