कांग्रेस सभापतिका दाबेदार विमलेन्द्र, प्रकाशमान र शशांकबीच छलफल

कांग्रेस सभापतिका दाबेदार विमलेन्द्र, प्रकाशमान र शशांकबीच छलफल

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन १८, २०७८

नेपाली कांग्रेसको सभापतिका दाबेदार तीन नेताबीच भेटवार्ता भएको छ । महाधिवेशनको मिति नजिकिँदै गर्दा नेताहरू विमलेन्द्र निधि, प्रकाशमान सिंह र डा. शशांक कोइरालाबीच सोमबार भेट भएको हो ।

निधि निवास बानेश्वरमा ३ जना नेताबीच महाधिवेशन र सभापति पदमा उम्मेदवारीबारे गम्भीर छलफल भएको निधिका प्रेस सहयोगी रामजी दाहालले जानकारी दिए ।

पछिल्लो समय यी ३ जना नेताबीच भेटघाट बाक्लिएको छ । निधिले औपचारिक रूपमै सभापतिमा उम्मेदवारी घोषणा गरिसकेका छन् भने प्रकाशमान र शंशाक पनि सभापतिमा उठ्ने तयारीमा छन् ।

तीनै जना नेताले एकअर्कालाई सहयोग गर्न आग्रह गर्दै आएका छन् ।