दीपेश पुनलाई अखिल (क्रान्तिकारी)काे महासचिव बनाइँदै

दीपेश पुनलाई अखिल (क्रान्तिकारी)काे महासचिव बनाइँदै

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन १८, २०७८

नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)को महासचिवमा दीपेश पुनलाई मनोनीत गरिने भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंहलाई नियुक्त गरेका थिए । 

सिंह नेतृत्वका रहेको क्रान्तिकारीको महासचिवमा पुनलाई मनोनयन गर्न लागिएको हो ।

सोमबार नै टुंगो लगाउने गरी पुनलाई महासचिवमा मनोनीत गर्ने विषयमा छलफल भइरहेको क्रान्तिकारिका पूर्वअध्यक्ष रमेश मल्लले जानकारी दिए ।