भारतमा किसानको प्रदर्शनमा गाडी हाँक्ने मन्त्रीका छोराविरुद्ध हत्या कसुरमा मुद्दा
आश्विन १८, २०७८

भारतका केन्द्रीय मन्त्री अजयकुमार मिश्रका छोराविरुद्ध हत्या कसुरमा मुद्दा दायर गरिएको छ । मन्त्री मिश्रका छोरा आशिष मिश्रले उत्तर प्रदेशको लखिमपुर खेरीमा प्रदर्शनमा उत्रिएका किसानलाई किचेर गाडी हाँकेका थिए ।  

किसानले केन्द्रीय मन्त्री मिश्र र सहायक मुख्यमन्त्री केशवप्रसाद मौरयालाई लखिमपुर खेरीमा अवराेध गरेपछि आशिष मिश्रले चलाएको गाडीले किसानलाई किचेको थियो । 

आशिषले योजनाबद्ध ढंगले प्रदर्शनमा उत्रिएका किसानलाई किचेर मारेको किसानले आराेप लगाएका छन् । सो घटनामा चारजना किसानसहित ८ जना मारिएका थिए ।