गरिमा विकास बैंकका ग्राहकलाई सिद्धार्थ  ग्रुप र  चितवन प्याराडाईज आकर्षक छुट

गरिमा विकास बैंकका ग्राहकलाई सिद्धार्थ  ग्रुप र  चितवन प्याराडाईज आकर्षक छुट

लोकसंवाद संवाददाता  |  कारोबार  |  आश्विन १८, २०७८

सफल व्यवसाय विस्तार गर्दै अघि बढिरहेको ‘सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी’ र पर्यटकीय गन्तव्य चितवनमा अवस्थित आकर्षक ‘चितवन प्याराडाईज होटल’ सँग गरिमा विकास बैंकले उनीहरूले प्रदान गर्ने विभिन्न सेवा सुविधामा आकर्षक छुटको लागि सम्झौता गरेको छ ।

बैंकद्वा जारी विज्ञप्ति अनुसार गरिमा विकास बैंकका डेबिट कार्ड तथा मोबाइल बैङ्किङ प्रयोगकर्ताहरूले ‘सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी’ र ‘चितवन प्याराडाईज होटल’को शाखाहरूबाट विल भुक्तानी गर्नुहुँदा रुम र फुड एन्ड वेभरेजमा आकर्षक छुट पाउन सक्नुहुनेछ । 

गरिमा विकास बैंकले आफ्ना ग्राहकहरूको थप सुविधाको लागि विभिन्न हस्पिटालिटी सेक्टर, हेल्थ सेक्टर र अन्य सेक्टरहरू सँग छुट सम्बन्धी सम्झौता गर्दै आइरहेको र यसलाई भविष्यमा पनि प्राथमिकताको साथ निरन्तरता दिने कुरा जनाएको छ ।