प्रि-ओपन सेसनमा एक अंकले घट्यो नेप्से

प्रि-ओपन सेसनमा एक अंकले घट्यो नेप्से

लोकसंवाद संवाददाता  |  कारोबार  |  आश्विन १९, २०७८

मंगलबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक एक अंक घटेको छ । मंगलबार ६.६७ अंक घटेर २ हजार ५७०.८१ विन्दुमा बन्द भएको नेप्से यस सेसनमा १.०२ अंकले घटेर २ हजार ५६९.७९ विन्दुमा झरेको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.२६ अंकले घटेको छ ।

मंगलबार प्रि-ओपन सेसनमा ५ वटा  कम्पनीको शेयर कारोबार भएको छ । मंगलबार कुनै पनि कम्पनीको शेयर मूल्य बढेको छैन । तर, ३ वटा कम्पनीको शेयर मूल्य घटेको छ । बाँकी २ वटा कम्पनीको शेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।