दशैँको मुखमा सुनको मूल्य निरन्तर उकालो, तोलाकाे ९० हजारमाथि

दशैँको मुखमा सुनको मूल्य निरन्तर उकालो, तोलाकाे ९० हजारमाथि

लोकसंवाद संवाददाता  |  कारोबार  |  आश्विन १९, २०७८

दशैँकाे पूर्वसन्ध्यामा सुनको मूल्य निरन्तर उकालो लाग्न थालेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ८९ हजार ८०० रुपैयाँ कायम भएकामा साताको तेस्रो दिन मंगलबार ५०० रुपैयाँले बढेर ९० हजार ३०० रुपैयाँमा काराेबार भइरहेकाे छ । 

म‌ंगलबार छापावाल सुन प्रति १० ग्राम ७७ हजार ४२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी तेजाबी सुन प्रतितोला ८९ हजार ८५० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी प्रति १० ग्रामको ७७ हजार ३५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ । 

मंगलबार बिहीबार चाँदीको मूल्य भने स्थिर रहेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला एक हजार १६० रुपैयाँ कायम भएको छ । साेमबार पनि सोही मूल्य कायम भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम ९९४ रुपैयाँ ५० पैसा कायम भएको महसंघले जनाएको छ ।