मेरो माइक्रोफाइनान्सले २१ प्रतिशत लाभांश दिने

मेरो माइक्रोफाइनान्सले २१ प्रतिशत लाभांश दिने

लोकसंवाद संवाददाता  |  कारोबार  |  आश्विन १९, २०७८

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

कम्पनीको सोमबार बसेको संचालक समिति बैठकले हाल कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस शेयर र कर वितरण गर्न १.०५२ प्रतिशत नगद वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले २० करोड रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ ।

यस्तै, एक करोड ५ लाख २६ हजार ३१६ रुपैयाँ नगद बाँड्नेछ । अघिल्लो वर्ष बैंकले १६.९४ प्रतिशत बोनस शेयर र कर तिर्न ०.८९ प्रतिशत गरी कुल १७.८३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । 

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि लाभांश वितरण गरिनेछ ।