एनआईसी एसिया लघुवित्तको लाभांश घोषणा

एनआईसी एसिया लघुवित्तको लाभांश घोषणा

लोकसंवाद संवाददाता  |  कारोबार  |  आश्विन १९, २०७८

एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । लघुवित्तको १८ असोजमा बसेको संचालक समितिको बैठकको निर्णयअनुसार संस्थाले हाल कायम चुक्ता पुँजीको ५.४१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । 

प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्र शेयरधनीलाई वितरण हुनेछ । कम्पनीले हाल कायम एक अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँ चुक्ता पुँजीबाट सो नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।