रिलायन्स लाइफको नगद लाभांश दिने घोषणा

रिलायन्स लाइफको नगद लाभांश दिने घोषणा

लोकसंवाद संवाददाता  |  कारोबार  |  आश्विन १९, २०७८

रिलायन्स लाइफ इन्स्युरेन्सले अघिल्लो आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट नगद लाभांश दिने भएको छ । कम्पनीको १८ असोजमा बसेको इन्स्युरेन्सको स|rfलक समितिको बैठकले सो आर्थिक वर्षसम्मको नाफाबाट करसहित कुल ५.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक बीमा समितिबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्र सो लाभांश वितरण गरिनेछ ।