९६८ संक्रमित थपिए, एक हजार ११४ संक्रमणमुक्त

९६८ संक्रमित थपिए, एक हजार ११४ संक्रमणमुक्त

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  आश्विन १९, २०७८

नेपालमा पछिल्लो २४ घन्टामा ९६८ जना कोरोना संक्रमित थपिएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार १६ हजार ४२ जनामा कोरोना परीक्षण गर्दा ९६८ जनामा संक्रमण पाइएको हो । यससँगै देशभर सक्रिय संक्रमित १६ हजार २४८ जना छ । 

५०० भन्दा बढी संक्रमित भएका जिल्ला ८ र २०० भन्दा बढी संक्रमित भएका जिल्ला १९ छन् । 

पछिल्लो २४ घन्टामा एक हजार ११४ जनाले संक्रमण जितेका छन् । यससँगै नेपालमा हालसम्म संक्रमणमुक्त हुने संख्या ७ लाख ७१ हजार ३३८ रहेको छ । नेपालमा संक्रमणमुक्त हुने दर ९६.६ प्रतिशत छ । 

कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा ६ जनाको ज्यान गएको छ । अहिलेसम्म संक्रमणबाट ११ हजार १८० जनाको निधन भइसकेको छ ।

हाल देशभर ३३५ जना सघन उपचार कक्ष (आइसीयू), १२२ जना भेन्टिलेटर, १५ हजार ११७ जना होम आइसोलेसन, एक हजार १३१ जना संस्थागत आइसोलेसन र २३७ जना क्वारेन्टाइनमा छन् ।