सबैको लघुवित्तद्वारा ३२.६८ प्रतिशत लाभांश घोषणा

सबैको लघुवित्तद्वारा ३२.६८ प्रतिशत लाभांश घोषणा

लोकसंवाद संवाददाता  |  कारोबार  |  आश्विन २०, २०७८

सबैको लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको संचालक समिति बैठकले ३१.०५ प्रतिशत बोनस शेयर र कर तिर्न १.६३ प्रतिशत नगद गरी कुल ३२.६८ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बेंकको स्वीकृति र लघुवित्तको आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्र शेयरधनीले पाउनेछन् । हाल चुक्ता पुँजी २० करोड ६० लाख २७ हजार रुपैयाँ रहेको लघुवित्तको ३१.०५ प्रतिशत बोनस शेयर वितरण भएपछि चुक्ता पुँजी २७ करोड रुपैयाँ पुग्नेछ ।