चीनबाट थप १६ लाख डोज भेरोसेल खोप २३ अक्टोबरसम्म आइपुग्ने

चीनबाट थप १६ लाख डोज भेरोसेल खोप २३ अक्टोबरसम्म आइपुग्ने

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  आश्विन २०, २०७८

चीनले सहयोग गर्ने थप १६ लाख डोज भेरोसेल खोप २३ अक्टोबरसम्म काठमाडौं आइपुग्ने भएको छ ।

चीन सरकारको सहयोगमा प्राप्त उक्त खोप २०, २२ र २३ अक्टोबरमा आइपुग्ने स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले जानकारी दिए । चीन सरकारले ५ मिलियन युयान रेनमिन्बी बराबरको चिकित्सा सामग्री सहायता गर्ने उनको भनाइ छ । 

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीसँगको छलफलमा चीन सरकारले उक्त रकम बराबरको सहायता गर्ने बताइएको छ। उक्त सहायता नेपालमा कोभिडको तेस्रो लहर नियन्त्रणका लागि उपयोग गरिने श्रेष्ठको भनाइ छ ।