डिशहोमको रिचार्जमा आकर्षक छुट  !

डिशहोमको रिचार्जमा आकर्षक छुट  !

लोकसंवाद संवाददाता  |  कारोबार  |  आश्विन २१, २०७८

ललितपुर ।  चाडवाडको यो मौसममा रिचार्ज कार्ड तथा विभिन्न डिजिटल माध्यम मार्फत डिशहोम रिचार्ज गर्दा ग्राहकहरुले आकर्षक बोनस पाउनुहुनेछ । यो योजना अन्तर्गत डिशहोमको रिचार्जमा बाईस सय रुपैयासम्म अतिरित्त बोनस रकम प्राप्त गर्न सकिनेछ ।  

डिशहोमका अनुसार यो योजना संगै ग्राहकहरुले अव मासिक  ८९९ रुपयाँ मानै १०० एमबिपिएस ईन्टरनेटको मज्जा ५ जि ड्युल व्याण्ड राउटरको साथमा लिन सक्नुहुनेछ । यस्तै डिशहोमको नयाँ कनेक्सन लिने चार जना भाग्यशाली ग्राहकहरु स्पेन घुम्न जान पाउने छन् भने हरेक नयाँ कनेक्सनमा ग्राहकहरुले रु २००० को लालिगा सिजन टिकट पनि निःशुल्क प्राप्त गर्नुहुनेछ ।

स्पेन जाने चार भाग्यशाली विजेताहरुको छनौट लक्की ड्र मार्फत गरिने छ । लक्की ड्रको प्रत्यक्ष प्रशारण रामाईलो टिभी, सरोकार टिभी, रियालिटी टिभी र डिशहोमको अन्य च्यानलहरुमा हुने छ ।