भैरहवाविरुद्ध पोखरा टस जितेर ब्याटिङमा

भैरहवाविरुद्ध पोखरा टस जितेर ब्याटिङमा

लोकसंवाद संवाददाता  |  खेलकुद  |  आश्विन २१, २०७८

भैरहवा ग्ल्याडियटर्सले एभरेस्ट प्रिमियर लिग (ईपीएल)को दोस्रो क्वालिफायर खेलमा पोखरा राइनोजविरुद्ध टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ ।

टीयू क्रिकेट मैदानमा पोखरा कप्तान विनोद भण्डारीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् ।

भैरहवा ग्ल्याडियटर्सले एलिमिनेटरमा काठमाडौं किंग्स इलेभेनलाई १६ रनले पराजित गर्दै क्वालिफायरमा स्थान बनाएको थियो ।

पोखरा राइनोज पहिलो क्वालिफायरमा चितवन टाइगर्ससँग ९ विकेटले पराजित भएको थियो ।

आजको विजेताले फाइनलमा चितवन टाइगर्ससँग खेल्नेछ ।