साम्राज्ञी पनि अब व्यावसायिक म्युजिक भिडियोमा

साम्राज्ञी पनि अब व्यावसायिक म्युजिक भिडियोमा

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  आश्विन २१, २०७८

एक्ट्रेस साम्राज्ञी आरएल शाह अभिनित म्युजिक भिडियो सार्वजनिक भएको छ । नेपाली फिल्ममा समेत कमै देखिने साम्राज्ञीले भिडियोमा तेस्रो पटक अभिनय गरेकी हुन् । 

नट्टु शाहको गीत र आफ्नै आमा नेहा शाहको गीतको भिडियोमा देखापरेकी साम्राज्ञीले भिडियोकै लागि महँगो पारिश्रमिकसमेत लिएकी छन् । डान्सिङ ट्रयाक ‘माया पिरेम’मा अभिनय गरेबापत उनले करिब ५ लाख रुपैयाँ लिएको चर्चा छ । यो उनको पहिलो व्यावसायिक म्युजिक भिडियो हो । उनी टिमको क्रिएसनले आफूलाई तान्ने गरेको बताउँछिन् । 

ट्री इन्टरटेनमेन्टको निर्माण रहेको उक्त भिडियोमा साम्राज्ञीसहित एलिसा शर्मा, डेलविस र राजको समेत अभिनय छ । यो डान्सिङ ट्र्याकमा विश्व नेपाली र अस्मिता परियारले स्वर दिएका छन् । 

शंकर स्माइलको संगीत, डीपी खनालको शब्द रहेको गीतलाई भिडियो निर्देशन माइकल चन्दले गरेका छन् । दिनेश दर्शनधारी र यशोधा राईले निर्माण गरेको भिडियोलाई ट्री इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको हो ।