मन्त्रिपरिषद्ले आज पूर्णता पाउँछ, मन्त्रीहरूको शपथ हुन्छ : प्रचण्ड

मन्त्रिपरिषद्ले आज पूर्णता पाउँछ, मन्त्रीहरूको शपथ हुन्छ : प्रचण्ड
फाइल फोटो

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन २१, २०७८

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आज मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन् ।

बिहीबार टीभी पंचली ऐट केको उद्घाटन गर्दै अध्यक्ष दाहालले मन्त्रिपरिषद्ले पूर्णता पाउने र उस्तै परे आजै मन्त्रीहरूले बपथ लिने बताए । 'उस्तै परे क्याविनेटमा आज शपथ ग्रहण हुन्छ होला । पूर्णता पाउँछ', उनले भने ।

आफूले समावेशिता, समानुपातिकता र हिजोको राज्यद्वारा विभेदमा पारिएका सबै वर्ग समुदायलाई अगाडि ल्याउन लगातार कोसिस गरिरहेको भन्दै दाहालले भर्खरै पार्टी कमिटीमा ३५ प्रतिशत महिला प्रतिनिधित्वको निर्णय भएको सुनाए । 'संविधानमा ३३ प्रतिशत छ । हामी ३५ पुर्‍याउनेमा छौँ', उनले भने ।  

दाहालले मन्त्रिपरिषद्‌मा आफ्नो पार्टीबाट ५० प्रतिशत महिला पुर्‍याएको पनि बताए । मधेसी, जनजाति, दलितलाई समेट्ने प्रयास गरिएको उनको भनाइ थियो ।

दाहालले सामाजिक रूपान्तरणका लागि जनमत ठूलो कुरा भएको भन्दै श्रमजीवी जनताको पक्षमा जनमत निर्माण गर्न सुझाए ।