प्रशान्तविक्रम मल्लले पाए क्यान सचिवको जिम्मेवारी

प्रशान्तविक्रम मल्लले पाए क्यान सचिवको जिम्मेवारी

लोकसंवाद संवाददाता  |  खेलकुद  |  आश्विन २१, २०७८

 नेपाल क्रिकेट संघ (क्यान)ले सचिवमा प्रशान्तविक्रम मल्ललाई नियुक्त गरेको छ ।

निवर्तमान सचिव अशोकनाथ प्याकुर्‍यालले पदबाट राजीनामा दिएपछि क्यानले सो पदमा मल्ललाई नियुक्त गरेको हो ।

क्यानको बुधबार र बिहीबार बसेको केन्द्रीय समितिको बैठकले अशोकनाथसँगै उपाध्यक्ष राजुबाबु श्रेष्ठको राजीनामा स्वीकृत गर्दै सचिवमा मल्ललाई नियुक्त गरेको हो ।

यस्तै, क्यानले  २५ डिसेम्बरमा साधारणसभा गर्ने निर्णय गरेको छ ।

क्यानको बैठकले कर्णाली प्रदेशमा प्रदेश मातहत न्यूनतम ४ जिल्ला हुनुपर्ने वैधानिक प्रावधानअनुसार कालीकोट, सल्यान, दैलेख र रुकुम पश्चिमलाई मान्यता दिने भएको छ ।