नेकपा (एस)ले बनायो ११ जनाको ‘हाई कमान्ड’

नेकपा (एस)ले बनायो ११ जनाको ‘हाई कमान्ड’

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन २२, २०७८

नेकपा (एकीकृत समाजवादी)ले तत्कालीन नेकपा शैलीकै हाई कमान्डका रूपमा सचिवालय गठन गर्ने निर्णय गरेको छ । 

पार्टीको स्थायी समिति बैठकले अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा ११ सदस्यीय सचिवालय गठन गर्ने निर्णय गरेको हो ।  सचिवालयले महत्त्वपूर्ण निर्णय लिन सक्ने अधिकार राख्ने प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । 

सचिवालयमा नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, नेता मुकुन्द न्यौपाने, ३ उपाध्यक्षहरू क्रमशः राजेन्द्र पाण्डे,  प्रमेश हमाल र जयन्ती राई छन् ।

त्यसैगरी सचिवालयमा महासचिव बेदुराम भुसाल, उपमहासचिवत्रय जगन्नाथ खतिवडा, प्रकाश ज्वाला र विजय पौडेलका साथै गंगालाल तुलाधर छन् ।

बैठकले स्थायी कमिटी र केन्द्रीय सदस्य संख्यालाई पूर्णता दिएको खतिवडाले बताए पनि नाम भने फाइनल भइनसकेको बताए ।