प्रधानन्यायाधीशले २ मन्त्री मागेकाेबारे संसद्‌मा उठ्यो कुरा

प्रधानन्यायाधीशले २ मन्त्री मागेकाेबारे संसद्‌मा उठ्यो कुरा

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन २२, २०७८

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मन्त्रिपरिषद्‌मा भाग मागेको भन्ने विषय प्रतिनिधिसभाको बैठकमा उठेको छ । 

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले मन्त्रिपरिषद्‌मा २ जना मन्त्रीको भाग मागेको विषयमा स्पष्ट पार्नुपर्ने बताएका हुन् ।

कार्यपालिकामा भाग खोज्ने प्रधानन्यायाधीश जबराविरुद्ध किन महाअभियोगको प्रस्ताव आएन भनेर उनले प्रश्न पनि गरेका छन् ।