संघीय निजामती सेवा विधेयक फिर्ता लिने प्रस्ताव बहुमतले स्वीकृत

संघीय निजामती सेवा विधेयक फिर्ता लिने प्रस्ताव बहुमतले स्वीकृत

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन २२, २०७८

प्रतिनिधिसभाको बैठकले संघीय निजामति सेवा विधेयक, २०७५ फिर्ता लिने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकले सो विधेयक फिर्ता लिने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको हो । 

प्रधानमन्त्रीका तर्फबाट कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठकमा सो विधेयक फिर्ता लिने प्रस्ताव प्रस्तुत गरेका थिए ।