नेकपा (एस)ले दियो मन्त्रीका लागि यी नाम

नेकपा (एस)ले दियो मन्त्रीका लागि यी नाम

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन २२, २०७८

नेकपा (एकीकृत समाजवादी)ले प्रधानमन्त्री शेरबहादुर देउवालाई ४ मन्त्री र एक जना राज्यमन्त्रीको सूची बुझाएका छन् । 

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री देउवालाई आफ्नो दलबाट सरकारमा सहभागी हुने ४ मन्त्री र एक राज्यमन्त्रीको नाम बुझाएका हुन् । 

एकीकृत समाजवादीले विरोध खतिवडालाई स्वास्थ्य तथा जनसंख्यामन्त्री बनाउने भएको छ भने रामकुमारी झाँक्रीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन्त्र मन्त्रालयको जिम्मेवारी पाउने बताइएको छ ।

यस्तै, प्रेमबहादुर आलेलाई शहरी विकास र कृष्णकुमार श्रेष्ठ किसानलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी दिइने छ । भवानी खापुङ स्वास्थ्य राज्यमन्त्री बन्नेछन् ।

यसअघि आलेलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिने तय भएको थियो । तर, अन्तिम समयमा खतिवडालाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएर झाँक्रीलाई पर्यटनमन्त्री बनाउने सहमति जुटेको हो । 

प्रधानमन्त्री शेरबहादुर देउवाले आजै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन् ।