शासक र शासनको अन्त्य

शासक र शासनको अन्त्य

पासाङ लामा  |  साहित्य  |  आश्विन २३, २०७८

हार्दिक श्रद्धाञ्जली
जीउँदो लाशहरुलाई
परजीवी ढोंगी
शासकहरुलाई
भगवानको अवतारमा
प्रकट भएका
सैतानहरुलाई
हार्दिक समावेदाना
तिम्रा रामराज्यामा
नियुक्ति भएका रावनहरुलाई।
तिम्रा शुभचिन्तक अनि
तमाम अनुयायीहरुलाई

मेरा भावनाहरु
तिम्रा सकारात्मक
सोचहरुको
मृत्यु नियाली रहेक
मलामी हुन।
तिम्रो महान बिचारहरु
घमण्डको चिहानमा
जलिरदा ।
तिमलाई अइठन हुनुपर्ने
तर ढोंगी खुसीको
सहारामा
जिउँदै छौं ।

नाकाब उपहार
तिमिलाई
पत्थर दिलको देखावटी
कोमलता
कुरुप अनुहामा
झल्किदा
तर मित्र
मलाई बाध्यताले
मौनताको
कठ्घरामा उभ्याउँदा
तिम्रो अनगिन्ती
पस्चतापहरुको लागि
सायद मेरो सहानुभूति
शून्य हुनेछ ।

मानवता हराएको
मानवको उदाहरण हौं तिमी
मस्तिष्कको
प्रयोगशालाबाट
जन्मिएको श्रीपेच बिहिन
राजा
सपनाको दरबर खडा
गर्न
झुपडीको खुसी खोस्ने
निर्दयी
तिम्रो निरङ्कुश
शासनको अन्त्यमा
सिङ्गो राज्य र प्रजाहरुले
बिजयको गित गाउने
छ।