सपना

सपना

चित्रकुमार सुवेदी  |  साहित्य  |  आश्विन २३, २०७८

कस्ती छे ऊ
को हो
हरेक रात
मेरो सपनामा आउँछे
र भन्छे
खाना खानु भो
दिनभरीको कामले थकित हुनुहुन्छ होला ।
कति दु ख गर्नुहुन्छ
पेट दुखेको छ कि
बेलैमा खानु है
रोग लाग्न सक्छ
धेरै दु ख नगर्नु है
ख्याल गर्नु ल
आफ्नो शरिरको
हेर्न खोज्छु देखिन्न
छाम्छु भेटिन्न
बती बाल्छु उहि
असरल्ल जिन्दगी
उहि जिन्दगीका कितावकरु
उहि कोठा उहि भित्तो
उहि पत्रपत्रिका उहि समचार
सदा झै कुदिरहेका
भोका मुसा र छुचुन्द्राहरु
सारङी वजाईरहेका लामखुट्टेहरु
संगित दिइरहेका झिंगाहरु
नाचिरहेका उपियाँहरु
ढाडिरहेका उडुसहरु
उहि एकान्त उहि एक्लोपन
को हो ऊ
किन मेरो चासो गर्छे
डाक्टरलाई सोधे
भन्नु भो भ्रम हो
धामीलाई सोधे भन्नु भो किचकन्नी हो
ज्योतिषीलाई सोधे भन्नु भो
अप्सरा हो
नेतालाई सोधे भन्नु भो राजनिती हो
ब्यापारीलाई सोधे भन्नु मो
पैशा हो
शिक्षकलाई सोधे भन्नु भो
समय हो
कलाकारलाई सोधे भन्नु भो जवानी हो
आमालाई सोधे भन्नु भो
प्रेम हो
जे सुकै होस
जो सुकै होस
अचेल त
खान्छु उसैले ख्याइदिए जस्तो
हिड्छु उसैले डोर्याइदिए जस्तो
आँशु झर्छ उसैले पुछिदिए जस्तो
घाउँम उसैले मलम लाईदिए जस्तो
मलाई ऊ भेट्नु छैन
चलाउनु छैन केशरासी
चुम्नु छैन कोमल ओठ
केवल सोध्नु छ को हौ भनेर
तर डर छ
मेरो सपनीवाट
ऊ हराई भने
अर्कौ दिन सुर्य नउदाउन सक्छ ।