सिक्किममा फ्लावर फेस्टिवल

सिक्किममा फ्लावर फेस्टिवल

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २६, २०७६

सिक्किमको राजधानी गंगटोकमा फ्लावर फेस्टिवल सुरु भएको छ । यस फेस्टिवलमा कैयन दुर्लभ फूल र बिरुवाको प्रदर्शन हुन्छ । यो फेस्टिवल मे ३१ सम्म चल्नेछ ।
गंगटोक । सिक्किमको राजधानी गंगटोकमा फ्लावर फेस्टिवल सुरु भएको छ । यस फेस्टिवलमा कैयन दुर्लभ फूल र बिरुवाको प्रदर्शन हुन्छ ।

सिक्किममा मनाइने  ‘फेस्टिवल’मा ‘फ्लावर फेस्टिवल’को महत्वपूर्ण स्थान छ । यो आयोजना सिक्किम सरकारले गरेको हो । सिक्किमलाई भारतमा फूलको राज्य भनेर चिनिन्छ ।

मे १ देखि मे ३० सम्म आयोजना हुने यस फेस्टिवलमा हजारौं किसिमका फूल हेर्न सकिन्छ । प्रदर्शनीमा फूलका अतिरिक्त विभिन्न रुख बिरुवा पनि प्रदर्शित गरिन्छन् । राजधानी गंगटोकको ह्वाइट हलमा गरिने यस फ्लावर फेस्टिवलमा ६०० किसिमका आर्किड, २४० किसिमका विभिन्न बिरुवा र फर्न, १५० किसिमका ग्लाडिओली, ४६ किसिमका लालीगुराँस राखिएका छन् ।