महिला लघुवित्तको ५० प्रतिशत लाभांश घोषणा

महिला लघुवित्तको ५० प्रतिशत लाभांश घोषणा

लोकसंवाद संवाददाता  |  कारोबार  |  आश्विन २४, २०७८

महिला लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

लघुवित्तको २२ असोजमा बसेको संचालक समितिको बैठकले शेयरधनीलाई ४५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद गरी कुल ५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

लघुवित्तको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र लघुवित्तको आगामी साधारणसभाबाट अनुमोदन भएपछि मात्र शेयरधनीले प्राप्त गर्नेछन् ।