सोल्टी होटलको साधारणसभा २८ मंसिरमा

सोल्टी होटलको साधारणसभा २८ मंसिरमा

लोकसंवाद संवाददाता  |  कारोबार  |  आश्विन २४, २०७८

सोल्टी होटलले २८ मंसिरमा साधारणसभमा बोलाएको छ । होटलको शुक्रबार बसेको संचालक समिति बैठकले लाभांश प्रस्ताव पेस नगरी २८ मंसिरका लागि वार्षिक साधारणसभा आह्वान गरेको हो ।

सभा बिहान ११ बजे कम्पनीको रजिष्टर्ड कार्यालय ताहाचल काठमाडौंमा भर्चुअल माध्यमबाट सुरु हुनेछ । होटलले चालू आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट लाभांश वितरण नगर्ने भएको छ । होटलले सभा प्रयोजनार्थ ६ मंसिरदेखि २८ मंसिरसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यसअनुसार ५ मंसिरसम्म नेप्सेमा कायम शेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् ।