नबिल बैंकले ल्यायो 'नयाँ लुगा' नामको संवेशमूल आत्मकथासहितको दशैं भिडियो !

नबिल बैंकले ल्यायो 'नयाँ लुगा' नामको संवेशमूल आत्मकथासहितको दशैं भिडियो !

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  आश्विन २५, २०७८

काठमाडौँ ।  नबिल बैंकले गत वर्ष तयार पारेको दशैं भिडियोको अपार सफलता पश्चात् यो वर्ष पनि 'नयाँ लुगा' नामक दशैंको भिडियो सार्वजनिक गरेको छ । यस नयाँ भिडियो नेपालीहरुको महान चाड दशै मनाउन शहरमा बसोबास गर्ने र दशैं मनाउन गाउँ फर्कने कथामा आधारित छ, यो कथा आम नेपालीहरुको आत्मकथा पनि हो । 

भिडियोमा एक जना बाबा शहरमा जागिर गर्दछन, घरबाट छोरीको फोन आउँदछ, दशैंमा नयाँ कपडा ल्याइदिनु भनेर र उनी छोरी एवं श्रीमतीको खुशीका निम्ती दशैं किनमेल गरेर गाउँ फर्किन्छन् । फर्किदा, बाटो बिग्रेर जाममा पर्दछ तर परिवारको माया अनी खुशीको लागि उनी रात भरी हिंडेर गाउ पुग्दछन्  । यो कथालाई भिडियोमा निकै मार्मिक ढंगले प्रस्तुत गरिएको नबिल बैंकले जनाएकाे  छ । 

घर पुग्दा छोरी, आमा अनी छोरीको साथी समेत सबै जना खुशी भई दशैं मनाउने तयारी गर्दछन र अब जागिर खान शहर जाने होइन, गाँउमा नै केही गर्नु पर्दछ भन्ने सन्देश पनि भिडियोले दिएको छ । 

यसैगरी दशैंको यस भिडियोले सकभर दशैंमा आफ्नो परिवारसँग भेटि सुरक्षित साथ खुशी साटासाट गरौँ भन्ने सन्देश सरल ढंगले दिएको छ, जसले पहिले जस्तै सबैको मन जित्नेछ भन्ने अपेक्षा समेत लिएको छ ।
भिडियो हेर्न  लिंकहरुमा किल्क गरेर हेर्न सकिने जनाइएकाे छ ।
फेसबूक  : https://fb.watch/8ypXHXNZVl/
इन्स्टाग्राम : https://www.instagram.com/tv/CUxS6wZhiES/?utm_source=ig_web_copy_link
युटुब  : https://youtu.be/p8zsDtiJwDY