सुन १०० रुपैयाँले घट्यो, चाँदी ५ रुपैयाँले बढ्यो

सुन १०० रुपैयाँले घट्यो, चाँदी ५ रुपैयाँले बढ्यो

लोकसंवाद संवाददाता  |  कारोबार  |  आश्विन २५, २०७८

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घटेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य ९० हजार ६०० रुपैयाँ कायम भएको छ । आइतबार प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघले जारी गरेको सार्वजनिक सूचनाअनुसार सोमबार तेजाबी सुन प्रतितोला ९० हजार १५० रुपैयाँ कायम गरिएको छ । आइतबार ९० हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै‚ चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ । चाँदी आइतबार प्रतितोला एक हजार १७५ रुपैयाँमा कारोबार भएको थियो । आज प्रतितोला एक हजार १८० रुपैयाँ मूल्य कायम गरिएको छ ।

महासंघले अन्तर्राष्ट्रिय बजार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गर्छ ।