भूमिगत विस्फोटमा परेर खुट्टा गुमाएका बालकको  नृत्य

भूमिगत विस्फोटमा परेर खुट्टा गुमाएका बालकको  नृत्य

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २६, २०७६

सोशल मिडियामा एउटा भिडियो भाइरल भयो । भिडियोमा एक बालक नृत्य गरिरहेका देखिन्छन् ।

मोहम्मद नाम गरेका यी बालकको नृत्य खास नभएपनि भाइरल भएको छ, यसको कारण हो नृत्य गर्ने बालक भुमिगत विस्फोटमा परेर एउटा खुट्टा गुमाएका व्यक्ति हुन् । 

अफगानिस्तानको लोगार क्षेत्रका यी बालकलाई अन्तर्राष्ट्रिय रेडक्रसको अर्थोपेडिक विभागले कृतिम खुट्टा प्रदान गरेको थियो ।

यो खुशी उनले थाम्न सकेनन् र खुशीयालीमा अस्पतालमै नृत्य गरे । जब अस्पतालमा यो दृष्य देखियो यसले सबैलाई भाव विव्हल बनायो । 

यो दृष्य कैद गरिएको भिडियो जब सोसल मिडियामा राखियो त्यो भाइरल भयो । यसले १६ हजार लाइक पायो भने ३ लाख भन्दा बढी पटक हेरियो । 

भिडियो हेरिसकेपछि रेडक्रसलाई धन्यवाद दिंदै थुप्रै कमेन्ट पनि आएक थिए ।