'गोली हान्न पाइँदैन, जनता मार्न पाइँदैन' भन्दै संसदमा एमाले सांसदकाे नाराबाजी

'गोली हान्न पाइँदैन, जनता मार्न पाइँदैन' भन्दै संसदमा एमाले सांसदकाे नाराबाजी

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन २५, २०७८

प्रतिनिधिसभाको बैठकमा ‘गोली हान्न पाइँदैन, जनता मार्न पाइँदैन’ भन्दै एमाले सांसदहरूले नाराबाजी गरिरहेका छन् । 

चालू नवौँ अधिवेशनको पहिलो बैठकदेखि नै एमाले सांसदहरूले नाराबाजी गर्दै आइरहेका छन् । सोमबार पनि रोस्टम अगाडि उभिएर एमाले सांसदहरूले ‘देश लुट्न पाइँदैन, गोली हान्न पाइँदैन, जनता मार्न पाइँदैन’ भन्दै नाराबाजी गरिरहेका छन् । 

नाराबाजीका बीच सभामुख अग्निप्रसाद सापकोटाले बैठकमा कार्यसूचीमा प्रवेश गराएका छन् । 

आफ्नो पार्टीले कारबाही गरेका १४ जना सांसदमाथि कारबाहीको सूचना टाँस नगरेको भन्दै एमाले सांसदले सभामुख सापकोटाको विरोध गर्दै आएका छन् ।