२ सातालाई संसद् बैठक स्थगित

२ सातालाई संसद् बैठक स्थगित

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन २५, २०७८

प्रतिनिधिसभाको बैठक २ साताका लागि स्थगित गरिएको छ । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले अर्काे बैठक ९ कात्तिक बस्ने जानकारी दिएका हुन् । 

सोमबारको बैठकमा राष्ट्रपति कार्यालयबाट मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको बेहोरा पढेर सुनाइएको थियो । 

साथै, मधेसी आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेस गरिएको छ भने राष्ट्रियसभामा उत्पत्ति भई प्रतिनिधिसभामा विचाराधीन रहेको रेल वे विधेयक, २०६७ फिर्ता लिने प्रस्तावलाई बैठकले स्वीकृत गरेको छ ।